एलओडी विश्वकै उत्कृष्ट क्लबहरूको सूचीमा प्रवेश

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमा परेको छ ।

एलओडी विश्वका रात्रिकालीन क्लबमध्ये ५०औं स्थानमा परेको क्लबका अध्यक्ष रुदीपबल्ल श्रेष्ठले बताएका छन् ।

क्लब डिजे म्याग टप १००को नोमिनेसनमा एलओडी परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५०औं स्थानमा परेको उल्लेख छ ।

यसअघि एलओडी क्लब ४९ र ५२औं स्थानमा परेको थियो । एलओडीले आफूलाई सुधार गर्दै लगेको छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपील गरेको थियो ।

एलओडी सन् २०२२ मा ५२औं स्थानमा प्रवेश पाएको थियो । यस पटक एलओडी ५०औं स्थानमा पर्न सफल भएको छ । सरकारले पछिल्लो समय ठमेललाई २४ घण्टा खुला गर्ने अनुमति दिएको छ ।

ठमेलका व्यवसायी पनि उत्साहित छन् । एलओडी क्लबमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।

Published : Monday, 2024 May 6, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया