आरजे इन्टरटेनमेन्टमा राजनराज र मलिनाको ‘कालोकालो कपालमा खैरो कलरलाकी’ रिलिज

काठमाडौं । राजनराज सिवाकोटीको शब्द, संगीतमा रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको छ ।

संगीतकार सिवाकोटी र मलिना नेवारको स्वर रहेको गीतमा अभिनेत्री प्रियंका कार्की र मोडल गम्भीर विष्टको अभियन गरेको छ । म्युजिक भिडियोको निर्देशन विष्टले नै गरेका छन् ।

म्युजिक भिडियोलाई आरजे इन्टरटेनमेन्टबाट रिलिज गरिएको छ । भिडियोसहित आरजे इन्टरटेनमेन्ट युट्युव च्यानललाई औपचारिक सुरुवात गरिएको छ ।

सुरुवातको कोसेली स्वरुप आरजे इन्टरटेनमेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ ।

‘रमाइलोको साथी’ नारा सहित सुरु भएको आरजे इन्टरटेनमेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका बिभिन्न खुराक पस्कने उदेश्यले ल्याइएको आरजे इन्टरटेनमेन्टका संचालन राजु केसीले बताए ।

गीत ‘आकाश उज्यालो..’मा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द छ । सार्वजनिक दुबै गीतको भिडियोका निर्माण सल्लाकार सुवाशराज काफ्ले हुन् ।

आरजेले यो वर्ष आफ्नै लगानीमा २५ गीतसंगीत, २५ धारावाहिक सिरियल र २५ बाहिरको कन्टेन्ट गरेर ७५ कन्टेन्ट ल्याउने लक्ष्य बनाएको छ ।

Published : Saturday, 2024 May 18, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया