मिस नेपाल पिस २०२४ का फाइनल प्रतियोगी सार्वजनिक

काठमाडौं । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् ।

आयोजक नेक्स्ट मोडल्स नेपालले बिभिन्न प्रारम्भीक अडिसनबाट फाइनल प्रतियोगिताका लागि छानिएको २४ प्रतियोगी सार्वजनिक गरेको हो ।

संस्करणको प्रारम्भीक अडिसनमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत २ सायबढी नर्सहरूले अडिसन दिएका थिए ।

छानिएका प्रतियोगीमा प्रलिजा ढकाल, दीव्या बम ठकुरी, प्रिया सुनुवार, नवीना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सिमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, बिधि लम्साल, सदीति श्रेष्ठ, रविना डङ्गोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी रहेका छन् ।

छानिएका प्रतियोगी फाइनल प्रस्पर्धाको लागि सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण जुटिसकेका छन् ।

पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको शीर्ष विजताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहार समेत जित्न सक्नेछन् ।

प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका नर्सिङ सुन्दिरीहरूको सहभागिता रहँदै आएको छ ।

प्रतियोगिताको फाइनल अगामी जेठ ५ गते आयोजना हुन लागेको छ । प्रतियोगितामा शीर्षसहित आधा दर्जन विजेता घोषणा हुनेछन् ।

Published : Saturday, 2024 May 4, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया