राप्ती गाउँपालिकाद्वारा कर्मचारी भर्ना प्रक्रिया सुरु

मसुरिया । सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउन दाङको राप्ती गाउँपालिकाले ३ स्थानमा स्वास्थ्य केन्द्र सञ्चालालन गर्ने भएको छ ।

त्यसका लागि गाउँपालिकाले अहेव, अनमी र कार्यालय सहायक छनौटका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा शुक्रवार प्रकाशित गरिएको राप्ती गाउँपालिकाका पदपूर्ति समितिका सदस्य सचिव रेशमराज अधिकारीले जानकारी दिए ।

९ जना कर्मचारीका लागि अहेवमा ३६, अनमीमा २१ र कार्यालय सहायकका लागि २२ जनाको दरखास्थ परेको थियो ।

लिखित परीक्षा उत्तीर्ण भएका उनीहरूको अन्तर्वार्ता वैशाख ३० गते बिहान हुनेछ ।

Published : Saturday, 2018 May 5, 2:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया