हार्ने भएपछि रिसाउन थाले ठाकुर, आफ्नैबाट लखेटिए

राजविराज । मेडिकल माफियाको आरोप खेप्दै आएका सप्तरी क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुर चुनाव अघि नै निराश बनेका छन् । ठाकुर पराजयको डरले हतास बन्न पुगेका हुन् ।

चुनावी माहोल दिन प्रतिदिन बिग्रिदै गएपछि ठाकुरले आफू निकटका नेताहरूसँग रिस पोख्न थालेका छन् । मेडिकल र कलेजहरूबाट सप्तरीका सयौं विद्यार्थीबाट करोडौं रकम ठाकुरले ठगी गरेको आरोप छ ।

ठाकुरको लगानीमा काठमाडौंको ग्वार्कोमा ग्लोबल हस्पिटल सञ्चालनमा छ । राजविराजमा उनले युनिक एजुकेशनल एकेडेमी समेत चलाएका छन् । गौशालामा इञ्जिनियर कलेज र इटहरीमा नसिङ्ग कलेज ठाकुरले स्थापना गरेका छन् ।

सिरहाको लहान स्थायी घर भएका स्वतन्त्र उम्मेदवार ठाकुरको मेडिकल र शैक्षिक माफियाको छवि उजागर भएसँगै सप्तरीमा आलोचन बढेको छ ।

मेडिकल र शैक्षिक संस्था संचालन गरेर कालो धन आर्जन गर्न सफल ठाकुरको भित्रि रहस्य पर्दाफास हुन थालेपछि उनको छवि धुमिल बन्दै गएको सप्तरीका एक नेताले बताए ।

पार्टीको नीति विपरित ठाकुरले विद्रोही भएर उम्मेदवारी दिएपछि राजपाले ठाकुरलाई निष्काशन गरिसकेको छ । यसअघि उनी राजपाको सह–महामन्त्री थिए ।

Published : Monday, 2017 December 4, 11:31 am

1 प्रतिकृया प्राप्त “हार्ने भएपछि रिसाउन थाले ठाकुर, आफ्नैबाट लखेटिए”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया