स्काइफल मिस नेपाल पिसको उपाधि रेश्मालाई
काठमाडौंं । स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैटौँ संस्करणको उपाधि रेश्मा प्रसाइँले जितेकी छिन् ।
काठमाडौं कीर्तिपुर निवासी २२ वर्षीया प्रसाइँ ओम हेल्थ कलेज चाबहिलकी बिएससी नर्सिङको पास आउट विद्यार्थी हुन् ।
शीर्षसहित ब्युटी विथ ब्रेनको उपाधि समेत हात पारेकी प्रसाइँले २५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनले नगद रु.५० हजारसहित विभिन्न उपहार समेत प्राप्त गरेकी छिन् ।
शनिबार अबेर साँझ सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेनमा सजाइएको भव्य स्टेज सेटअपमा सम्पन्न प्रतियोगितामा ट्यालेन्ट उपाधि सहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधि सहित आकृति मानन्धर सेकेन्ड रनर अप घोषित भए । दुबैले क्रमश नगद ३० हजार र २० हजार सहित भिबिन्न गिफ्ट समेत हात पारे ।
नर्सिङ पेशामा संलग्न नर्सहरुको व्यवसायिक जीवनलाई समाज सामू साक्षात्कार गराएर उनीहरूको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिंदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुति मार्फत् व्यक्त गर्ने उद्देश्य अनुरुप ‘मिस नेपाल पिस’ आयोजना हुँदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य रहेको कार्यक्रममा रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो ।
यसमा तपाइको मत