देउखुरीको राजपुरमा बर्थिङ सेन्टर निर्माण गर्ने सम्झौता

राजपुर । दाङको देउखुरी उपत्यकास्थित राजपुर गाउँपालिकामा बर्थिङ सेन्टर निर्माण गर्ने सहमति भएको छ ।

राजपुर गाउँपालिकाको बिकट नाकातिर बसोबास गर्ने सर्वसाधारणलाई प्रसुति सेवा लिन सहयोग गर्ने उद्देश्यले बर्थिङ सेन्टर निर्माण गर्न लागिएको छ ।

छाँया नेपालका कार्यकारी प्रमुख कमल थापा र राजपुर गाउँपालिकाका अध्यक्ष शरद बिसीबीच चार कोठे बर्थिङ सेन्टर निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन यादवले बताएका छन् ।

बर्थिङ सेन्टर निर्माणका क्रममा लाग्ने कुल बजेटमा छायाँ नेपालले ८० प्रतिशत व्यहोर्नेछ । राजपुर गाउँपालिकाले २० प्रतिशत रकम व्यहोर्नुपर्नेछ ।

Published : Thursday, 2024 May 2, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया