आचारसंहिता पालनाबारे प्रेस काउन्सिल अध्यक्ष बस्नेतको नयाँ शैली

भक्तपुर । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्धारा आयोजित कार्यक्रमको उद्घाटनमै सबै सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘पत्रकार आचारसंंहिताको पूर्ण पालना गर्न र गराउन हामी प्रतिबद्ध छौं’, उद्घाटनका क्रममा सहभागी सबै पत्रकारहरुले भने ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा भएको युट्युब, अनलाइनसहित पत्रकारिताका चुनौति र आचारसंहिताका सवाल कार्यक्रममा सहभागि भएका बिभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीहरुले यस्तो प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सुरुमै उक्त प्रतिवद्धतासहितको शब्द सुनाएका थिए । सहभागी सबैले उठेर त्यसलाई बाचन गरे ।
समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताए । “पत्रकारलाई गल्ती गर्ने छुट छैन, मानवीय त्रुटीले कहिलेकाहीँ हुने गल्ती तत्काल सच्याउनु पर्छ, सच्याउने तत्परता हुनुपर्छ, गल्ति गरेको छ, छैन, त्यसको अनुगमन र नियमन काउन्सिलले नियमित गरिरहेको छ’, अध्यक्ष बस्नेतले भने ।
पछिल्लो समयमा छापामाध्यमले पनि युट्यब, अनलाइनमा जानु परेको चर्चा गर्दै उहाँले अहिलेको समयमा डिजिटल मिडियाको प्लेटफर्म प्रयोग नगरी धर छैन तर जुनसुकै मिडियाले पनि अनिवार्य रुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताए ।
राज्यले देशभर मिडिया साक्षरता चलाउनु पर्नेमा जोड दिदै काउन्सिलका अध्यक्ष बस्नेतले भने, “डिजिटल साक्षरता अभियान राज्यले देशभर चलाउनु आवश्यक छ, यसका लागि राज्यले बजेटनै छुट्याउनु पर्छ, सिमित श्रोत र साधनले प्रेस काउन्सिलले देशभर मिडिया साक्षरता अभियान चलाएका छौँ, यसका लागि राज्यले पनि सहयोग गर्नुपर्छ, प्रदेश र स्थानीय सरकारले पनि यस्तो अभियानलाई साथ र सहयोग दिएर अगाडि बढाउनु पर्छ ।”
नागरिकले चलाउने सामाजिक सञ्जाल र पत्रकारले चलाउने मिडियाको फरक के हो भन्ने छुट्याउन सक्नु पर्छ भन्दै बस्नेतले यसका लागि पनि प्रत्येक स्थानीय तहसम्म मिडिय साक्षरता अभियान पुग्नु पर्ने औल्याए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले मोवाइलमै युट्युब, अनलाइन मात्रै नभई अहिले टेलिभिजन पनि हेर्न सकिने चर्चा गरे । काउन्सिलले युट्युवसहितका नयाँ मिडियालाई व्यवस्थित ढंगले नियमन गर्दै आएको भन्दै झाले अन्य निकायले पनि यो काममा सहजीकरण गर्नुपर्ने बताए ।
उनले भने, “अहिले मिडिया डिजिटलाइज भएको छ, यसो भन्दैमा प्रिन्ट मिडियाको भविश्य सकियो भन्ने होइन, अझै पनि प्रिन्ट मिडिया पर्खेर, कुरेर बस्ने जमात छ ।”
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले छापा माध्यम पनि डिजिटलाइज हुदै गएको बताए । ‘अब फरक ढंगले सोच्नु जरुरी छ, छापा माध्यम पनि डिजिलटाइजमा जानु आवश्यक छ, अब पत्रिकाको वितरण प्रणाली पनि प्रबिधिबाटै हुनुपर्छ । पत्रिका कति प्रति बिक्री भयो भन्नु भन्दा पनि पत्रिका कम छापेर त्यसलाई अनलाइन पिडिएफमार्फत धेरै भन्दा धेरै पाठक बनाउतर्फ ध्यान दिनुपर्छ”, पोखरेलले भने ।
काउन्सिलका अध्यक्ष बस्नेतले युट्युवर, अनलाइन पत्रकारिता र आचारसंहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै दर्ता भएका मिडियाको अनुगमन गर्ने दायित्व काउन्सिलको भएकाले आचारसंहिता सबेले पालना गर्नु पर्नेमा जोड दिए ।
पत्रकार उज्वल आचार्यले अध्ययनबाट मिडियाको आयको रुपमा २७ वटा विकल्प रहेको चर्चा गर्दै विद्यमान पत्रकारिताका चुनौतीमा कार्यपत्र राखे ।
सञ्चारमाध्यमको आय श्रोत कमजोर वन्दै जाँंदा त्यससँंग सम्वन्धित सरोकारवालाहरुले विज्ञापनको विकल्प खोज्नुपर्नेमा जोड दिएका हुन् । विज्ञापनलाई आयआर्जनको मुख्य आधार बनाइराख्दा अव सञ्चारमाध्यम वाँंच्न नसक्ने अवस्था आएको भन्दै नयाँं आयश्रोतकाबारेमा सोधखोज गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष माथवरसिंह वस्नेत, पत्रकारहरु तीर्थ कोइराला, अखण्ड भण्डारी, दुर्गा खनाल, गोपाल खनाल, केदारनाथ कोइराला, मोहन बाँस्तोला, रामकला खड्का, कृष्ण किसी, कौशल भट्टराई, रत्न श्रेष्ठ २ दर्जन पत्रकारलेले अचारसंहिताको पालना र पत्रकारिताको दिगो श्रोतको पहिचान गरी अगाडि वढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले स्वागत मन्तव्य राख्दै समग्र भक्तपुरमा सञ्चालनमा रहेका सञ्चारमाध्यमको अवस्थाबारे जानकारी दिएका थिए ।
पहिलो सत्रको सहजीकरण काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्वासे र दोस्रो सत्रको सहजीकरण मुख्य अधिकृत झविन्द्र भुसालले गरेका थिए ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया