नेपालगञ्जमा वेव पोर्टलमार्फत आइपिएलको सट्टेवाजी गर्ने को–को पक्राउ ?

नेपालगञ्ज । प्रहरीले नेपालगञ्जबाट अनलाईन सट्टेवाजीमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीबाट विभिन्न अनलाईन माध्यमको प्रयोग गरि सट्टेवाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १५ जनालाई पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

बर्दियाको गुलरीया नगरपालिका– ६ बस्ने ३८ वर्षीय बिराज पौडेल समेत १५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेवाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको छ ।

प्रारम्भीक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेव पोर्टलमार्फत आइपिएल लगायत खेलहरूमा अनलाईन सट्टेवाजी गराएको खुल्न आएको छ ।

Published : Monday, 2024 April 22, 4:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया