कांग्रेस र राप्रपाको शक्तिसामु पोखरामा एमालेका खगराजको सरकार झुक्यो

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिस्कार गरे पनि एमाले र माओवादी केन्द्रले प्रदेश सभाको बैठक राखेर स्थगित गरेका छन् ।

शुक्रबार बसेको प्रदेश अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले बहिष्कार गरेका छन् ।

कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै बैठक बहिष्कार गरेको छ ।

प्रतिपक्षी दलले बहिष्कार गरेपछि सभामुखले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।

सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित मुख्यमन्त्री समेत रहेका एमालेका नेता खगराज अधिकारीले प्रदेश सभाको बैठक बोलाएका थिए । त्यसपछि कांग्रेसले अदालतको आदेशको उल्लंघन भएको भन्दै बहिस्कार गर्ने निर्णय गरेको थियो ।

Published : Friday, 2024 April 19, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया