संसदको बैठक आह्वान, कांग्रेसको मागबाट सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने डरले थुरुरु

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी काण्डमा मुछिएपछि संसदीय छानविन समिति बनाउनु पर्ने नेपाली कांग्रेसको मागबाट भागेको सरकारले संसदको बजेट अधिवेशन बोलाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेदेखि संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेबारे छानविन गर्न संसदीय समिति गठनको माग गरेर संसद अबरुद्ध गर्दै आएको छ । बजेट अधिवेशन आह्वान गरे पनि कांग्रेसले आफ्नो मागका विषयमा अडान नछाड्ने संकेत गरेको छ ।

कांग्रेसको माग र अडानबाट सबैभन्दा धेरै तनाब गृहमन्त्री लामिछानेलाई छ । लामिछाने संसद बैठक आह्वान भएदेखि तनाबमा रहेको चर्चा छ ।

Published : Thursday, 2024 May 2, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया