नेपाल सरकारका पूर्वमुख्य सचिव शाक्यको निधन

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्यको निधन भएको छ ।
अधिवक्ता समेत रहेका शाक्यको बुधबार उपचारका क्रममा ललितपुरमा निधन भएको आफन्तजनले जनाएका छन् ।
नेपाल कानून समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा निधन भएको छ । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए ।
उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका थिए । नेपालको कानूनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भएका थिए ।
लोकसेवा आयोगमा रहँदा शाक्यको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए ।
स्व.शाक्यका दुई छोरी र दुई छोरा छन् । श्रीमतीको करिब तीन महिनाअघि निधन भएको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया