हायस बसले अर्को बसलाई ठक्कर दिएर कमलाको घरमा ठोक्कियो
भरतपुर । चितवनस्थित नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा नं. १ रामनगरमा हायस बस दुर्घटना भएको छ ।
बिहीबार बिहान हायस बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । घाइतेहरू सबै हायस बसका यात्रु हुन् ।
रामनगरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि सुरक्षा जाँच भइरहँदा बिहान ५ बजे हायस बस दुर्घटना भएको थियो ।
झापाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको यात्रु बस जाँच गर्न प्रहरीले रोकेको बेला ग २ ख २२५ नम्बरको हाइस बसले अर्को बसलाई पछाडि ठक्कर दिएको थियो ।
बसलाई ठक्कर दिएपछि हाइस बस झन् अनियन्त्रित भइ कमला न्यौपानेको घरमा सञ्चालित ग्यारेजमा गएर ठोक्किएको थियो ।
घाइतेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया