फागु पर्वले सुख, समृद्धि, सामाजिक सदभावको उर्जा ल्याएको छ : सभापति खतिवडा

ओखलढुङ्गा । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फागु पर्व (होली) गृहजिल्ला ओखलढुङ्गामा मनाएका छन् ।

आइतबार सभापति खतिवडाले सुनकोशी गाउँपालिकाको वडा नं. ६ ढाड्खोलामा स्थानीयहरूसँग फागु पर्व मनाएका हुन् ।

जिल्ला समन्वय समिति ओखलढुङ्गाका पूर्व सभापतिले आयोजना गरेको फागु पर्वको कार्यक्रमामा सभापति खतिवडासँगै स्थानीय दिदी, बहिनी, बुवा आमाहरूको उपस्थिति रहेको थियो ।

सभापति खतिवडाले रङ्गहरूको फागु पर्वले जीवन रंगिन् हुने बताएका छन् । उनले फागु पर्वको अवसरमा सुख, समृद्धि, सामाजिक सदभावको उर्जा ल्याउने बताए ।

फागु पर्वको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष तारादेवी कार्की, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, सुनकोशीका पूर्वअध्यक्ष रुद्र अधिकारी, सुनकोशीकी उपधक्ष्य सुनिता अधिकारी, कंग्रेसका युवा नेता लीलाबल्लभ दाहाल लगायतको सहभागिता थियो ।

मोलुङ एकवार सडकको निरीक्षणको लागि ३ दिनदेखि सभापति खतिवडा ओखलढुङ्गामा छन् ।

Published : Sunday, 2024 March 24, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया