काठमाडौंमा कस्तुरी विनासहित पूजा र योगेन पक्राउ

काठमाडौं । प्रहरीले कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ कुवाबाहालबाट कस्तुरीको विनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया पूजा बोहरा र काभ्रे घर भएका ३३ वर्षीय योगेन कार्की रहेका छन् ।

उनीहरूले डेरा कोठामा संरक्षित वन्यजन्तु कस्तुरीको विना लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा विना फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

Published : Saturday, 2024 February 3, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया