अपराध प्रहरीद्वारा ललितपुरका सुजन तामाङ पक्राउ

काठमाडौं । युरोप पठाउने प्रलोभनमा ६०० जनाभन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरका ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरेको छ ।

कन्जोसोम गाउँपालिकाको वडा नं. ४ घर भई हाल ईमाडोल बस्दै आएका सुजन तामाङले काठमाडौंको बालाजु चोकस्थितमा यूरो वीङस् एजुकेशन कन्सल्टेन्सी संचालन गरी आफूलाई विकाश वाईवाको नक्कली परिचय दिएर ठगी गरेको अभियोगमा पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुजन तामाङले युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोयसिया लगायतका देशहरूमा पठाइदिन्छु भनि प्रलोभनमा पारी ६०० जनाभन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट करोडौं रकम ठगी गरेको घटनामा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अर्जुन तामाङ भन्ने कर्म तामाङ्गको नाममा समेत वैदेशिक रोजगार कसूर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको विषेश टोलीले सुजन तामाङलाई पक्राउ गरेर वैदेशिक रोजगार विभाग, ताहाचाल काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2024 February 1, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया