काठमाडौंमा अनलाइन गेम खेलाउन लिमिट लोड गर्ने सात जना पक्राउ

काठमाडौं । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जनालाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहाको लहान नगरपालिका–१० बोटटोल घर भएका २४ वर्षीय मिथलेशकुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका–६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी साह, लहान नगरपालिका–१ शहीदचोक घर भएका २४ वर्षीय आर्यन साह, लहान नगरपालिका–७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिषकुमार रौनियार, लहान नगरपालिका–७ दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकीपुर नगरपालिका–२ सुकीपुर घर भएका २४ वर्षीय शिवमकुमार यादव र लहान नगरपालिका–७ चोक घर भएका २४ वर्षीय हरिशंकर चौधरी रहेका छन् ।

अवैध क्रिप्टोकरेन्सीमार्फत अनलाइनमा विभिन्न खालका खेल खेलाई लिमिट लोड गराई रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2024 January 31, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया