काठमाडौंमा सरस्वती खड्का पक्राउ

काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा प्रहरीले काठमाडौंबाट ४० वर्षीया सरस्वती खड्कालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको ‘केवाईसी’ विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसूरमा प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर बैंकिङ कसूर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2024 January 30, 6:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया