प्रहरीका यी ५० जना ईन्स्पेक्टरहरूको डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी हेडक्वाटरले सोमबार जनपद प्रहरी समूहतर्फ ४६ जनाको नाम डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा रञ्जन अवा परेका छन् । दोस्रो नम्बरमा कमल बेल्वासे र तेस्रो नम्बरमा यमकुमार श्रेष्ठ रहेका छन् ।

एलिजा गिरी, कमलराज पण्डित, चेतना पोखरेल, रमेशकुमार श्रेष्ठ, अनमोल खड्का, सुरक्षा केसी, निशान थापा बेदबहादुर पौडेल बढुवा सिफारिसमा परेका छन् ।

प्रहरी हेडक्वाटरले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह, चिकित्सकतर्फ चार जना ईन्स्पेक्टरलाई डीएसपी बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस हुनेहरूमा डा.अर्जुनप्रसाद डुम्रे, डा.रोजिन मानन्धर, डा.ज्योति बास्तोला पौडेल र डा.सागरकुमार दुवाल श्रेष्ठ रहेका छन् ।

Published : Monday, 2023 June 5, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया