यी २२ जना एसपीहरू, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले गृह मन्त्रालय सचिवस्तरको निर्णयबाट बढुवा भएका २२ जना प्रहरी उपरीक्षकहरू (एसपी)लाई पदस्थापना गरेको छ ।

सचिवस्तरीय निर्णयानुसार बढुवाका लागि सिफारिस भएका २२ जना एसपीहरूलाई जेठ ८ गते पदस्थापना गरिएको सूचनामा उल्लेख छ ।

एसपी गौतमकुमार के.सी.को प्रहरी प्रधान कार्यालय यू.एन. शाखा नक्सालमा पदस्थापना भएको छ ।

एसपी बसुन्धरा खड्काको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक, अपीलराज बोहराको प्रहरी प्रधान कार्यालय मानवअधिकार उल्लंघन अनुगमन ईकाइमा पदस्थापना भएको छ ।

एसपी नवराज कार्कीको जिल्ला प्रहरी परिसर ललितपुर, गोविन्द पुरीको प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, रविन्द्रबहादुर सिंहको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापना भएको छ ।

एसपी चित्रबहादुर गुरुङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगञ्जमा पदस्थापना भएको छ ।

एसपी रामप्रसाद घर्ती मगरको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा धनगढी, एसपी बासुदेव पाठकको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पदस्थापना भएको छ ।

एसपी रुपेश खड्काको काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरीमा पदस्थापना भएको छ । एसपी मिलन के.सी.को काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध अनुसन्धान शाखामा पदस्थापना भएको छ ।

एसपी भावेश रिमालको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, एसपी सन्तोष आचार्यको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाहपथ, एसपी नारायणप्रसाद चिमरियाको कोशी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा विराटनगरमा पदस्थापना भएको छ ।

एसपी कुमोध ढुंगेलको प्रहरी प्रदेश कार्यालय वीरगञ्ज अपराध अनुसन्धान शाखा, एसपी श्यामबहादुर खत्रीको प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सामा पदस्थाना भएको छ ।

एसपी शालिग्राम शर्माको प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, एसपी हरिहरनाथ योगीको मधेश प्रदेश प्रहरी गण जनकपुर, एसपी श्यामकुमार राईको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मानवश्रोत व्यवस्थापन महाशाखामा पदस्थाना भएको छ ।

एसपी गोविन्दराज काफ्लेको राष्ट्रिय प्रहरी प्रशिक्षण तालिम शाखा महाराजगञ्ज, एसपी नरेन्द्र चन्दको साईबर व्यूरो अपराध अनुसन्धान शाखा भोटाहिटी र एसपी राजन भुजेलको प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा पदस्थाना गरिएको छ ।

Published : Tuesday, 2023 May 23, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया