टिपरले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौं । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट जिल्लामा एक जनाको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका–७ ठूलोखोला पुलस्थित सडकमा बा.०३–००१ ख २५८४ नम्बरको टिपर र बा.०२–०२९ प ५७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार लिखु गाउँपालिका–१ बस्ने ५० वर्षीय नेत्रमान बिकको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बिकको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 May 18, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया