कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा संसदको गतिविधि र समग्र राजनीतिक विषयमा छलफल हुने कार्यक्रम थियो ।

सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले विज्ञप्ति जारी गरेर अर्को सूचना नभएसम्मका लागि संसदीय दलको बैठक स्थगित भएको जनाकारी दिएका छन् ।

Published : Wednesday, 2023 February 8, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया