काठमाडौंमा पानी बोक्ने ट्यांकरको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंमा पानी ट्यांकरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।

सोमबार काठमाडौं महानगरपालिका–१३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ एसिंखेल घर भएका विजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानी ट्यांकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकै सडकमा मधेश प्रदेश ०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सर्लाही हरिवन नगरपालिका–७ बस्ने ३५ वर्षीय किरण लामा घिसिङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–८ सिवगढियामा लु.२ त ४९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक गैडहवा गाउँपालिका–६ बस्ने ४० वर्षीय जितु हरिजनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देहीकै लुम्बिनी साँस्कृतिक नगरपालिका–९ तेलारमा लु.१ क ५४७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने उमा क्षेत्रीको छोरा ९ वर्षीय माधव क्षेत्रीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, बझाङको केदारस्यु गाउँपालिका–४ बजुवामा सु.प.प्र.०१००१ ख ३०७१ नम्बरको ट्रक र सु.प.प्र.०१००१० प ५३१७ नम्बरको मोटरसाइकल सोमबार बिहान एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–९ झोता बस्ने २५ वर्षीया अमृता खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

यता, कास्कीको पोखरा महानगरपालिका–५ जिरो किमिमा ग.१६ प ६८३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तनहु म्याग्दे गाउँपालिका–३ कोइरालाथोक घर भएकी ५५ वर्षीया धनमायाँ दर्जीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको क्षेत्रीय अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Monday, 2023 February 6, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया