रुपन्देहीमा युवाहरू कांग्रेसमा प्रवेश, गृहमन्त्री खाणद्वारा स्वागत

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीका १ सयभन्दा धेरै युवाहरूलाई पार्टी प्रवेश गराएका छन् ।

शनिबार भैरहवास्थित पार्टी कार्यालयमा खाणले बुटवल उप–महानगरपालिका, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका युवाहरूलाई कांग्रेसमा प्रवेश गरेका हुन् ।

गृहमन्त्री खाणले युवा व्यवसायी हरि खत्री, सुसना बस्नेतसहितका सय बढी युवालाई कांग्रेसको सदस्यता प्रदान गरेका छन् ।

कांग्रेसले महिला, मधेश, आदिबासी जनजाती, दलित, मुस्लिमलगायतका लागि केन्द्रदेखि वडासम्मका समितिमा विभिन्न पदमा सिट सुनिश्चित गरेको गृहमन्त्री खाणले बताए ।

कांग्रेसले वंशीय र राजनीतिक निरंकुशता नमान्ने उनले बताएका छन् । उनले कांग्रेसले स्वतन्त्रता र समानतामा विश्वास गर्ने बताए ।

गृहमन्त्री खाण रुपन्देही–३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् । उनलाई सत्तागठबन्धन दलहरूको समर्थन छ ।

निर्वाचनमा सत्तागठबन्धनलाई जिताएमा पुनः गठबन्धन सरकार बनाएर मुलुकमा स्थायित्व र समृद्धि ल्याउन लाग्ने खाणले बताएका छन् ।

Published : Saturday, 2022 October 15, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया