बदनाम चिनियाँ कम्पनीले कसरी पायो फाष्ट ट्रयाक र सिद्धबाबा ? नेता-कर्मचारीले बुझे पैसाको बिटो

काठमाडौं । चिनियाँ कम्पनीले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गैँडाकोट–बुटबल सडकखण्ड अलपत्र पारेको छ ।

विवादास्पद चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनलाई मोटो कमिसनमा ठेक्का दिएकोमा अहिले काममा ढिलाई गरेको छ ।

विगतमा योजना बनाएर चिनियाँ कम्पनीले लागत बढाउने खेलहरू खुल्न थालेका छन् ।

सडकको निर्माण समयमा पूरा नहुने भएपछि निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी गएको छ ।

सडक विभागले १८ प्रतिशत मात्र काम भएको, काममा सुस्तता देखिएको भन्दै सूचना जारी गरेर असोज ९ गते चेतावनी दिएको छ ।

कम्पनीको गलत गतिविधि र जिम्मेवार नेतादेखि कर्मचारीलाई प्रभावमा पारेर लाभ लिदै आएको तथ्य खुलेको छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले बदमासी गर्दा गर्दै नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको फाष्ट ट्रयाकको प्याकेज १ को ठेक्का पाएको थियो ।

२०७८ को वैशाखमा केपी ओली प्रधानमन्त्री हुँदा उक्त कम्पनीले ठेक्का पाएको थियो ।

त्यतिबेला पूर्णचन्द्र थापा प्रधानसेनापति थिए । २१ अर्ब ६१ करोडको ठेक्का पाउन कम्पनीले सुरु देखि नै योजनावद्ध तरिकाले सेटिङ गरेको थियो ।

प्रिक्वालिफिकेशनमै अन्य कम्पनीलाई रोक्न खेलहरू भएका थिए ।

गैँडाकोट–बुटबवल सडकमा काम राम्ररी नगरेको जान्दा–जान्दै फाष्ट ट्रयाक उक्त कम्पनीलाई कसरी मिल्यो ? भन्नेबारे अध्ययनहरू हुन थालेका छन् ।

राष्ट्रिय गौरवका आयोजना बर्बाद पार्ने कम्पनीले फाष्ट ट्रयाक मात्र पाएन सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको ठेक्का पनि पाएको छ ।

बुटबल–पाल्पा सडक खण्डको सुरुङमार्ग ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपियाँमा ठेक्का लिने आवेदनमा उक्त कम्पनीले बाजी मारेको छ ।

यो कम्पनी फाष्ट ट्रयाकमा विवादमा परेर निलम्बनमा परेको तथ्य छ ।

सिद्धबाबा सुरुङमार्ग पनि चाइना स्टेट कम्पनीले नै पाउनुले निर्माण व्यवसायी क्षेत्रमा तरंग नै आएको छ ।

Published : Tuesday, 2022 September 27, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया