ईन्स्पेक्टरसहितका पदमा ठूलो संख्यामा जागिर खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले अधिकृत तहमा भर्ना खुलाएको छ ।

७९ जना सशस्त्र प्रहरी निरीक्षक (ईन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको छ ।

प्रहरीको मानव स्राेत विभाग , मानव स्राेत निर्देशनालय भर्ना तथा छनाेट शाखा स्वयम्भूले शुक्रवार सूचना प्रकाशित गर्दै नयाँ भर्नासम्बन्धी आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह , साधारण उपसमूह र कानून उपसमूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरेको जनाएको छ । प्रहरीले कात्तिक ६ गतेसम्म आवेदन फारम भर्ने समय तोकेको छ ।

माग गरिएकामध्ये सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह ८३ जना छन् ।

Published : Friday, 2022 September 23, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया