बाबा कालिदास दिल्ली फर्किए, काठमाडौंमा क–कसलाई भेटे ?

काठमाडौं । श्री श्री १००८ बाबा कालिदास कृष्णानंदन परमहंस जी महाराज काठमाडौंबाट भारत प्रस्थान गरेका छन् ।

शुक्रबार बाबा कालिदास भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् । तीन दिन काठमाडौंमा रहेका बेला उनले श्री पशुपतिनाथ भगवानको पूजा गरेका थिए । जनैपूर्णिमाका आवसरमा बाबा कालिदास काठमाडौं आएका हुन् ।

बाबा कालिदाससँग भारतका सांसद बलराज कुण्डु, सहयोगी बाबुराम शर्मासहितका व्यक्तिहरू काठमाडौं आएका थिए ।

उनले पशुपतिनाथको विशेष पूजा गर्नुका साथै गुहेश्वरी, तलेजू, दक्षिणकाली, कुमारीदेवी, बुढानिलकण्ठ लगायतका मठमन्दिरमो पूजा गरेका थिए ।

बाबा कालिदासले पूर्व राजा ज्ञानेन्द्र शाह, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहोनी, प्रतिष्ठित व्यवसायी आनन्दराज बतासलगायतसँग भेटघाट गरेका थिए ।

बाबा कालिदास आउना दिन उनका समर्थक र शुभेच्छुकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

शुक्रबार नयाँदिल्ली फर्किने बेला पनि उनलाई भव्य रुपमा विदाइ गरेका छन् ।

Published : Friday, 2022 August 12, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया