चाँडै मन्त्रिपरिषद हेरफेर हुन्छ : जीवनराम श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् ।

मंगलबार संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले एकीकृत समाजवादीको निर्णयानुसार केही दिनभित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।

उनले मन्त्री परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरू स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताएका छन् ।
मन्त्री हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने श्रेष्ठले बताएका छन् ।

‘जुन खालको हाम्रो संसदीय प्रणाली छ । त्योभन्दा यताउता हुने कुरा हुँदै हुँदैन’, उनले भने, ‘दुई/चार दिन ढिलो/चाँडो हुने कुरा एउटा हुनसक्छ ।’

‘चाँडै नै हाम्रो पार्टीले गरेको निर्णयानुसार नै प्रक्रिया अगाडि बढ्छ र हेरफेर हुन्छ’, उनले भने, ‘मलाई हाम्रो पार्टीको अध्यक्षले अब एक/दुई दिनभित्रमै हुन्छ भनेर जानकारी गराउनु भएको छ ।’

नेता श्रेष्ठले अध्यक्ष माधवकुमार नेपालले एक/दुई दिनभित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफूलाई गराएको बताएका छन् ।

एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको छ । नयाँ मन्त्रीहरूको सूची पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ ।

देउवाले एकीकृत समाजवादीका मन्त्रीहरूलाई शपथ गराउन किन ढिलाइ गरेका हुन् कारण खुलेको छैन ।

Published : Tuesday, 2022 June 21, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया