ढोरपाटनको उप–मेयरमा कांग्रेसका धनबहादुर विजयी, कम्युनिस्टको अहँकारलाई तह लगाउने

ढोरपाटन । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको उप–मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

मंगलबार सार्वजनिक भएको नतिजाअनुसार उप–मेयरमा कांग्रेसका धनबहादुर कायत ‘कल्याण’ विजयी भएको बाग्लुङ कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरले जानकारी दिए ।

कायतले एमालेकी ताराकुमारी पुनलाई ७६६ मतान्तरको अन्तरले पराजित गरेका छन् ।

कांग्रेसका कायतले ५६५० मत प्राप्त गरेका छन् । एमालेकी पुनले ४८८४ मत पाएकी छिन् ।

मेयरमा एमालेका देवकुमार नेपाली विजयी भएका छन् । नेपालीले ५७३५ मत पाएका छन् । माओवादी केन्द्रका चन्द्र अर्यालले ५१३५ मत पाएका छन् ।

ढोरपाटनको वडा नं. १ मा कांग्रेसका बानबहादुर छन्त्याल विजयी भएका छन् ।

वडा नं. २ मा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री, ३ मा एमालेका खिमबहादुर सुनार, ४ मा स्वतन्त्रका तिलक पुन विजयी भएका छन् ।

वडा नं. ५ मा एमालेका दीपेन्द्र पुन मगर, ६ मा एमालेका उमेश बुढा मगर, ७ मा जनमोर्चाका धनबहादुर अदै विजयी भएका छन् ।

वडा नं. ८ मा माओवादी केन्द्रका भद्रमणि सुनार र ९ मा एमालेका खिमबहादुर घर्ती मगर विजयी भएका छन् ।

Published : Tuesday, 2022 May 17, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया