सभामुख अग्नि सापकोटाले आफ्नै वडा गुमाए, हालसम्म कांग्रेसले २५ वडामा चारतारे झण्डा गाड्यो

बलेफी । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका– २ मा नेपाली कांग्रेसले जितेको छ ।

वडाध्यक्षमा कांग्रेसका उम्मेदवार ठगी न्यौपाने शानदार मतका साथ विजयी भएको कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।

माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले आफ्नै वडा बचाउन सकेनन् ।

प्रतिनिधि सभामा जितेर आएका सापकोटाले आफ्नो गाउँ र वडामा समेत विकासको काम नगरेपछि स्थानीय मतदाताहरूले माओवादीका उम्मेदवारलाई हराएर सापकोटालाई दण्ड दिएका छन् ।

यसैबीच, सिन्धुपाल्चोकमा ४२ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

कांग्रेसले २५ वटा वडा जितेको छ । बाँकी वडाहरूमा पनि कांग्रेसका उम्मेदवारहरू अत्याधिक मतसहित अगाडि छन् ।

Published : Monday, 2022 May 16, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया