विश्वप्रकाश पोखरा जाने, कांग्रेसको कार्यक्रममा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पुस १६ गते पोखरामा हुने मेलमिलाप दिवसका अवसरमा सहभागी हुन जाने भएका छन् ।

नेपाली कांग्रेस कास्कीले पुस १६ गते बिहान ११ बजे राखेको ४६औँ मेलमिलाप दिवस कार्यक्रममा सहभागी हुनेछन् । शर्माले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

पोखराको चिप्लेढुंगामा रहेको पार्टी कार्यालयमा उपस्थित हुन नेता कार्यकर्ताहरूलाई आग्रह गरिएको छ ।
शर्मा नेता प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । महामन्त्रीमा उनले गगनकुमार थापापछि दोस्रो नम्बरमा मत

लिएर विजयी भएका थिए ।

Published : Tuesday, 2021 December 28, 9:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया