बालुवाटार र शीतल निवासमा कार्पेट फेर्नमात्रै ओली सरकार व्यस्तः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिडाले नेकपाको आन्तरिक द्वन्द्व र सत्तारुढ दलका नेताहरूको व्यवस्थापनमा केन्द्रित हुँद जनताको सेवासुविधानमा ध्यन दिन नसकेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको आइतबार बिहान अन्तर्वाताका क्रममा नेता खतिवडाले बालुवाटार र शीतल निवासमा महँगा नयाँ कार्पेट फेर्नमै सरकार केन्द्रित रहेको बताए ।

खतिवडाले नेकपाका नेता व्यवस्थापन र नयाँ कार्पेट फेर्नमात्रै ध्यान दिएपछि सरकार र व्यवस्थाप्रति नै जनतामा वितृष्ण पैदा हुने अवस्था सिर्जना भएको बताए ।

‘नेकपाको सरकार नाङ्गै छ । बालुवाटार र शीतल निवासमा महँगा र नयाँ कार्पेट फेर्नेभन्दा केही गर्न सकेन’, उनले भनेका छन् ।

‘नेकपाको विवादमा देशनै अल्झिएको छ । जनताका सुविधाका बारेमा कुरानै हुन छाडेको छ’, खतिवडाले भने, ‘लोकतन्त्रलाई कसरी बलियो भन्ने विषयमा बहस, छलफल र विवाद भएन ।’

‘नेकपाभित्र विचारको विवाद भएन । निर्वाचनको घोषण पत्र कार्यान्वयनमा विवाद भएन । छोटेराजाको लागि लडाइँ भयो’, उनले भने, ‘सरकारको कारणले वितृष्ण पैदा भयो । त्यसकै अन्तोषले विभिन्न नाममा सडकमा प्रदर्शन हुन थालेका छन् । असन्तोषको ज्वारभाट हो ।’
नेता खतिवडाले राजसंस्था आउने सम्भावना नरहेको बताए ।

राजावादीहरूको कार्यक्रममा कांग्रेस नेताहरूको सहभागिताका विषयमा नेता खतिवडाले भने, ‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता छ । लोकतान्त्रिक गतिविधि गर्ने अधिकार छ । पार्टीमा रहने हो भने कांग्रेसको नीति, निर्देशन, सिद्धान्तलाई मान्नुपर्छ । होइन भने आफूलाई खुसी लागेको काम गर्न पाइन्छ । बाटो खुला छ ।’

मुलुकमा अहिले सरकार रहेको अवस्था जनताले अनुभूति गर्न नपाएको बताएका छन् । ‘सरकार छ जस्तो जनतालाई भएको छैन । नेता व्यवस्थापन गर्ने मात्रै काम भयो । जनताको काम भएन’, उनले भनेका छन् ।

‘प्रधानमन्त्री ओली सुरक्षाको थ्रेट भनेर पार्टी कार्यालय जान सक्नुभएन’, उनले भने, ‘नेकपाको आन्तरिक द्वन्द्वले सरकार कामजोर भएको छ ।’

नेता खतिवडाले कांग्रेसको महाधिवेशन फागुनमा हुन नसक्ने बताए । उनले भने, ‘महाधिवेशनमा मिलेर जानुपर्छ । वैशाख–जेठ वा भदौसम्म महाधिवेशन हुने सम्भावना छ । फागुनमा हुँदैन ।’

Published : Sunday, 2020 December 6, 9:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया