कांग्रेसद्वारा नयाँ केन्द्रीय सदस्यहरू थप (नाम)

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका नेताहरूलाई समायोजन गरेको छ ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपाका नेता सुनिलबहादुर थापालाई सह–महामन्त्रीमा समायोजन गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘२०७७ साल श्रावण १३ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरुको उपस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको अवगत नै छ’, विज्ञप्तिमा भनिएको छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका सो पार्टीका केन्द्रीय नेताहरूको नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा (४) (१०) (ङ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा देहाय बमोजिम समायोजन गर्ने निर्णय भएको छ’, कांग्रेसले भनेको छ ।

समायोजन गर्दा कांग्रेसले सुनिलबहादुर थापा (धनकुटा)लाई सह–महामन्त्री बनाएको छ ।

केन्द्रीय सदस्य हुनेमा रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), वावुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर) रहेका छन् ।

कांग्रेसले राप्रपाबाट पार्टी प्रवेश गरेका दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली), राजेशबहादुर सिंह (कपिलवस्तु)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत बनाएको छ ।

Published : Friday, 2020 November 13, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया