पर्सामा प्रहरीविरुद्ध अर्गानल प्रचारमा जुटे तस्करहरू

कृष्णा यादब

बीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड प्रहरी उपरीक्षक गंगा पन्तले सम्हाले पर्साको शान्ति सुरक्षादेखि विभिन्न अवैधानिक गतिविधिमा व्यापक नियन्त्रण भएको छ ।

विगतमा हुने गरेको विभिन्न अवैध धन्दालाई नियन्त्रण गर्न इमान्दार प्रयास गर्दै आएका एसपी पन्तका कमाण्डमा खटिएका विभिन्न प्रहरी अधिकृतहरूको योगदान पनि कम्ती नरहेको आम बुझाइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको इमान्दार प्रयासपछि प्राप्त सफलताबाट अतालिएका आपराधिक मनोवृत्तिका दासहरू र अवैध गतिविधिमा संलग्न रही सरकारको राजस्व दोहनकर्ताहरू एसपीको दुहाई गर्ने र उनका मातहतका प्रहरी अधिकृतहरूको मनोबल गिराउने गरी षड्यन्त्रमा जुटेको समाचार प्राप्त हुन आएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका एक युवकले तस्करीको लाइन चलाउन प्रहरीलाई विभिन्न प्रलोभन देखाए पनि प्रहरीले उनका प्रस्तावलाई ठाढै अस्विकार गरेपछि यी युवकले विभिन्न पत्रपत्रिका र संचार माध्यमहरूको सहयोगले प्रहरीको अर्गनल प्रचारमा जुटेका छन् ।

प्राप्त सूचना अनुसार विगत केही समय पहिलेदेखि अवैध धन्दा नियन्त्रणमा सक्रिय जिप्रका पर्साले विभिन्न तस्कर कारोबारीहरूको सामानहरू नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाउने अभियानमा सक्रिय र इमान्दार भूमिका निर्वाह गरेका पर्सा क्राइम ब्राञ्चका प्रमुख प्रहरी नायब निरीक्षक रावतलाई बदनाम गराउने कार्यमा ती कारोबारीहरू हाल सक्रिय भएको जनाइएको छ ।

पछिल्ला दिनहरूमा जिल्ला प्रहरी कार्यालयको सक्रियताले ५ वर्षदेखि पक्राउ नपरिरहेको सुन एसपी पन्तको कार्याकालमा ठूलो परिमाणमा सुनचाँदी, लागुऔषध पक्राउ, भारत तर्फ अवैध रुपमा तस्करी गर्ने उदेश्यले अवैध गोदाममा जम्मा गरी राखिएको मटर साथै भारतवाट चोरी तस्करीको विभिन्न सरसामानहरू पक्राउ गरेपछि केहि ब्यक्ति तथा समूहरूले प्रहरीको बदनाम गराउन विभिन्न हत्काड्डा अपनाउदै आइरहेका छन् ।

इमान्दार र कर्तव्यनिष्ट स्वभावका प्रहरी नायब निरीक्षक रावत आफूबिरुद्ध जतीसुकै षड्यन्त्र गरिए पनि आफू आफ्नो कर्तव्यबाट विमुख नहुने र अपराध नियन्त्रण र अवैध कारोबारबिरुद्ध आफ्नो सक्रियता निरन्तर जारी राख्ने स्वभावका प्रहरी कर्मचारी हुन् ।

Published : Monday, 2020 October 19, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया