कोरोनाबाट जनता बचाउने कुरामा सरकार गम्भीर भएनः कांग्रेस सांसद डा.रिजाल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा.मीनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रमले जनताको समस्यालाई समेट्न नसकेको बताएका छन् ।

संसदको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै डा.रिजालले कोरोनाबाट नेपाली जनता कसरी बाँच्ने भनेर चिन्तित बनिरहेका बेला नीति तथा कार्यक्रमले २०९९ का लागि सरकारले कार्यक्रम ल्याएको बताए ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार गर्नेहरूलाई सरकारले संरक्षण गरेको भन्दै उनले भने, ‘नेपाली जनताको भविष्य अफ्ठयारोमा पर्न सक्छ । नेपाली जनतालाई बाँच्न गाह्रो भएको छ । तर, सरकार नीति तथा कार्यक्रममा बिक्रम संवत २०९९ को कुरा गर्छ ।’ उनले अहिले जनता कोरोनाबाट बच्न र राहत तथा उद्धारका लागि आशा गरेर बसेका बेला सरकारको नीति तथा कार्यक्रममा ती कुरा मानै रहेको बताए ।

उनले संकटमा परेका सबै जनताको उद्धार र राहतका लागि कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सरकार संवेदशनहीनतामा पुगेको डा.रिजालले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले झण्ड ३ घण्टा लगाएर संसदमा बाचन गरिएको सरकारको नीति तथा कार्यक्रमका क्रममा सांसदहरूलाई एक ठाउँमा थुनेर स्वास्थ्यको जोखिमसँग लापरबाही गरिएको उनले आरोप लगाए ।

भारतले अतिक्रमण गरेको सीमा फिर्ता गर्ने विषयमा नीति तथा कार्यक्रममा राखेको भन्दै उनले भने, ‘अतिक्रमण भएको जमीन फिर्ता गराउन भन्दा पनि यो सरकार नेपाली भूमिलाई काजगमा मात्रै फिर्ता गर्छ भन्ने कुरा उल्लेख छ ।’

उनले सरकारको नीति तथा कार्यक्रमलाई आत्मालोचनाबाट मुक्त नरहेको बताएका छन् ।

कोरोना संक्रमणबाट देश समस्यामा परेका बेला नीति तथा कार्यक्रममा आएका विषयलाई देशको स्रोत साधनले धान्न सक्छ कि सक्दैन त्यस विषयमा ध्यान नदिएको उनले बताएका छन् ।

सरकारले सञ्चारमाध्यमहरूलाई मर्यादित र अनुशासित बनाउन भनेर नीति तथा कार्यक्रममा राखेको विषयमा कांग्रेसका सांसद डा.रिजालले आपत्ति प्रकट गरे । उनले भने, ‘सरकार आफू अनुशासन र मर्यादित भएर बस्नुपर्छ । सञ्चारमाध्यमलाई अनुशासन र मर्यादित बनाउने कुरा सैह्य छैन । यो विषयमा सरकारले चिन्ता नगरे हुन्छ ।’

उनले सरकार लोकतन्त्रको बाटोबाट हिँडोस् भन्ने प्रतिवद्धता जनताले खोजेको बताएका छन् ।

कोरोनाका कारण गरिवी झन् बढेर जाने उनले बताएका छन् । ‘अर्थमन्त्रीज्यूले एक प्रतिशतले गरिवीको रेखामुनि झर्ने भन्नुभएको रहेछ’, डा.रिजालले भने, ‘एक प्रतिशत मात्रै होइन पाँच प्रतिशतभन्दा मुनि गरिवीको रेखामुनि जाने देखिएको छ ।’

राजनीतिक पूर्वाग्रही भएर सरकारले काम गर्न नहुने उनले बताएका छन् । सांसदहरूको क्षेत्रको कार्यक्रम कटौति गर्न आफूहरू तयार भएको भन्दै डा.रिजालले भने, ‘मेरो निर्वाचन क्षेत्रमा मदन भण्डारी मार्ग थियो । कांग्रेसले जितेको भनेर त्यो बाटोको बजेट काटेर प्रदेशमा पठाइयो ।’

Published : Sunday, 2020 May 17, 2:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया