कोरोना रोकथाम र जनताको अपेक्षाअनुसार सरकारले काम गरेनः अनिता देवकोटा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले नीति तथा कार्यक्रमले जनअपेक्षा र अहिलेको संकटलाई मोचन गर्न सक्ने गरेर नआएको बताएकी छिन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै सचेतक देवकोटाले जनताले अपेक्षा गरेअनुसारको नीति तथा कार्यक्रम ल्याउन सरकारले नसेको बताइन् । उनले कोरोना महामारीविरुद्ध नीति तथा कार्यक्रम आउनुपर्नमा केन्द्रित हुन नसकेको बताइन् ।

सिमानामा बसेको नागरिकलाई स्वदेश ल्याउनेबारेमा नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको भन्दै उनले विदेशमा समस्यामा परेका नागरिकहरूको विषयमा पनि सरकारले ध्यान नदिएको बताइन् ।

‘रोग र भोकले अत्तालिएका श्रम गरेर बसेका नागरिकहरूले आफ्नो राहत र उद्धार गर्छ भनेर बसेका थिए । तर, सरकारले राहत र उद्धारका कार्यक्रम ल्याउन सकेन’, उनले भनिन्, ‘यो सरकारले जनताको अपेक्षाअनुसार कुनै पनि काम गरेको छैन ।’

कांग्रेस सांसद देवकोटाले होटेल र स्कूलहरूलाई क्वारेन्टाइन बनाएर आवश्यक व्यवस्था गर्न माग गरेकी छिन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै उनले घटनाको छानविन र दोषीलाई कारबाहीको साटो सरकार बचाउमा लागेको भन्दै आक्रोश पोखिन् ।

Published : Sunday, 2020 May 17, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया