चीनसँग सहमति गरेर भारतले लिपुलेकमा सडक बनायो, राेक्न पहल भएनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नेपाली भूमि अतिक्रमण खास गरि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नीति कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक भए पनि अपूर्ण रहेको बताएका छन् ।

संसदको आइतबार बसेको बैठकमा बोल्दै कांग्रेसका सभापति एवम् प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले मित्र राष्ट्र भारत र चीन दुवै मुलुकले सन् २०१५ मा गरेको सहमतिअनुरुप नेपाली भूमिमा भारतबाट सडक निर्माण गर्ने काम गरिएको बताए ।

‘दुई छिमेकी मुलुकबीच भएको सहमतिको कांग्रेसले तत्कालनै विरोध जनाएको र सुशील कोइराला प्रधानमन्त्री रहनुभएको नेपाली कांग्रेसको नेतृत्वको सरकारले तत्काल प्रोटेस्ट नोट पठाएको म स्मरण गरिरहेको छु’, देउवाले भनेका छन् ।

‘नेपाली भूभागमा भएको अतिक्रमण र सडक निमार्णबारे छिमेकी मुलुक मित्र राष्ट्र चीनसंग समेत उच्च स्तरमा सार्थक र परिणामीमुखी वार्ता गरि समस्याको समाधान गर्नु पर्दछ’, उनले भनेका छन् ।

‘अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासीनता देखिएको छ’, कांग्रेसले भनेको छ ।

‘नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन’, उनले भने, ‘यहि सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु ।’

‘पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उलंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु’, सभापति देउवाले भने ।

Published : Sunday, 2020 May 17, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया