धुलिखेलमा मृत्यु भएकी महिलाको आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौं । सुरक्षाकर्मीले धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको अन्तिम दाहसंस्कार गर्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी ती महिलाको शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

ती महिलाको कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबार साँझ महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका छन् ।

ती मलिाको शव बाहनमार्फत पशुपति आर्यघाट ल्याएर इलेक्ट्रिक शव दाहगृहमा अन्तिम संस्कार गरिने तयारी भएको जनाइएको छ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउने भनिएको छ ।

शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।

Published : Saturday, 2020 May 16, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया