चन्द्राैटामा शनिबार साढे ११ बजे तीन जनामा काेराेना संक्रमणकाे पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसका संक्रमित तीन जना थपिएका छन् ।

शनिबार बिहान साढे ११ बजे तीन जना थपिएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

कपिलवस्तु जिल्लाको कशवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीया पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Published : Saturday, 2020 May 16, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया