नेपाली युवती सिम्रनले अमेरिकामा मारिन् बाजी

न्युयोर्क । नेपाली विद्यार्थी सिम्रन गुरुङ अमेरिकीको काल्डवेल युनिभर्सिटीको स्टुडेन्ट गभर्मेन्ट एशोसिएसनको भाइस प्रेसिडेन्टमा चयन भएकी छन् ।

नेपालमा ओखलढुंगा जिल्लाको रुम्जाटार स्थायी घर भएकी गुरुङ शैक्षिक सत्र सन् २०२०–२१ का लागि भएको एशोसिएनसनको निर्वाचनमा भाइस प्रेसिडेन्टमा चयन भएकी हुन् । यो संस्थामा नेपाली विद्यार्थीले कमै मात्र चान्स पाउँछन् ।

सिम्रन गुरुङ नेपाल प्रहरीका उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङकी छोरी हुन् ।

उनी केही वर्ष पहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । उनको परिवार हाल काठमाडौंमा बस्दै आएको छ ।

Published : Saturday, 2020 May 16, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया