महर्जनको अभियानमा ललितपुर नेविसंघद्वारा खाद्यान्न हस्तान्तरण

लगनखेल । नेपाली कांग्रेस खेलकुद विभागका सदस्य सचिव एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको अभियानलाई साथ दिँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुरले खाद्य सामग्री उपलब्ध गराएका छन् ।

बिहीबार कांग्रेसका युवा नेता महर्जनले लकडाउनका कारण समस्यामा परेका मागेर गुजारा गर्ने र मजदुरहरूलाई ललितपुरको लगनखेल डोजामो एक महिनादेखि निःशुल्क खाना खुवाउँदै आएका छन् ।

महर्जनको सो अभियानलाई सहयोग र साथ दिन नेविसंघ ललितपुर कार्यसमितिले १० बोरा चामल, २ कार्टुन तेल, मसला, नुन तरकारी लगायत खाद्यान्न उपलब्ध गराएको हो ।

नेविसंघ ललितपुरका जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धव दाहाल, सचिव दीपक घिमिरे, सह–सचिव रामकृष्ण घिमिरेको समूहले कांग्रेस नेता महर्जनलाई खाद्य सामग्री हस्तान्तर गरेको छ ।

नेविसंघका अध्यक्ष शर्माले लकडाउनमा समस्या परेका अति निम्न वर्गर्लाइ कांग्रेसका नेता महर्जनले निःशुल्क खाना खुवाउँदै आएको भन्दै अभियानमा आफूहरूले पनि सहयोग गरेको बताए ।

महर्जनको अभियानमा १३औँ सागगेममा स्वर्ण पदक विजेता विप्लपलाल श्रेष्ठ, करातेका अन्तर्राष्ट्रिय खेलाडी मुकुन्द्र महर्जन, किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जन, कराते प्रशिक्षक ध्रुब खनाल लगायतले साथ दिँदै आएको छ ।

महर्जनको अभियानमा विभिन्न संघ–संस्थाबाट पनि सहयोग आइरहेको छ । कांग्रेसका युवा नेता महर्जन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डोजोका संथापक पनि हुन् ।

Published : Thursday, 2020 May 7, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया