अमेरिकाले चीनमा रहेका आफ्ना कम्पनीहरूलाई सार्ने

न्युयोर्क । अमेरिकाले चीनबाट हुने आपूर्तिलाई रोक्नका लागि आयात कर बढाउने तयारी गरेको छ ।

त्यति मात्रै होइन अमेरिकाले चीनमा रहेको आफ्ना कम्पनीहरूलाई अन्यत्र सार्ने तयारी शुरु गरेको छ ।

चीनलाई कोरोनाभाइरस महामारीको कारक बताउँदै व्हाईट हाउसले सो तयारी थालेको हो ।

अमेरिकाले चीनबाट वैश्विक औद्योगिक आपूर्ति श्रृंखलाहरू तोड्ने उदेश्यले पनि सो कदम चाल्न लागेको बुझिएको छ ।

कोरोना महामारी फैलिए यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबिरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् ।

कोरोनाभाइरस महामारीको कारण आर्थिक विनाश भएकोले विश्वको उत्पादन र आपूर्ति श्रृंखलाबाट चीनलाई बाहिर निकाल्ने उसले प्रण लिएको छ ।

आर्थिक विकास, ऊर्जा र परराष्ट्र विभागका पर्यावरण सचिव किथले ट्रम्प प्रशासनले चीनमा अमेरिकाको आपूर्ति श्रृंखलाको निर्भरता कम गर्न काम गरिरहेको बताए ।

अमेरिकी वाणिज्य विभागले अमेरिकी कम्पनीहरूलाई चीनबाट अन्यत्र सार्ने उपायहरू खोजन थालेको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि नै चिनियाँ सामानहरूमा ४५ प्रतिशत आयात कर लगाउन सक्ने चेतावनी दिइसकेका छन् ।

अमेरिकी सरकारले हाल भारत, अष्ट्रेलिया, न्यूजील्याण्ड, जापान, दक्षिण कोरिया र भियतनामसँग विश्वव्यापी अर्थतन्त्रलाई अगाडि बढाउन काम गरिरहेको विदेश मन्त्री माइक पोम्पीओले बताए ।

अमेरिकाका धेरै कम्पनीहरूले चिनियाँ निर्माणमा लगानी गरेका छन् ।

Published : Wednesday, 2020 May 6, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया