प्रहरीका एसपीहरूको सरुवा, दाङमा चन्द

काठमाडौं । नेपाल प्रहरीले छ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार नवलपरासी, बर्दिया, कैलाली, सुनसरी, बागलुङ र दाङमा एसपीहरूको सुरुवा गरिएको हो ।

नवलपरासीमा एसपी अजय केसी, कैलालीमा अनुपम शम्शेर राणा, बर्दियामा केदार रजौरे, सुनसरीमा कमल थापा, बागलुङमा शारदाप्रसाद चौधरी र दाङमा गणेश चन्दलाई सरुवा गरिएको स्रोतले जनाएको छ ।

Published : Saturday, 2020 May 2, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया