कांग्रेसका नेता रुगंटाले दिए नारायणी अस्पताललाई स्क्रिनिङ्ग बुथ

कृष्णा यादब

वीरगंज । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद अनिलकुमार रुगंटाले वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि स्वाब संकलन गर्न स्क्रिनिङ्ग बुथ जडान गरिदिएका छन् ।

नारायणी अस्पतालका चिकित्सकहरूको सुरक्षाको ध्यानमा राखेर रुगंटाले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरूको स्वाब संकलन गर्नमा सहजता होस् भनेर अस्पतालमा स्क्रिनिङ्ग बुथ जडान गरेका हुन् ।

कांग्रेस नेता रुंगटाको उपस्थितमा शनिबार अस्पतालको आकस्मिक कक्षको मुख्य गेटमा स्क्रिनिङ्ग बुथ जडान गरिएको हो । सो बुथलाई कांग्रेस नेता रुगंटाले अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.मदनप्रसाद उपाध्यायलाई हस्तान्तरण गरिएको छ ।

बुथ हस्तान्तरण कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानु, सानो पाईलाका अध्यक्ष कञ्चन झा, नेविसंघका पूर्व केन्द्रीय सदस्य दिलिपराज कार्की लगायतको सहभागिता रहेको थियो ।

कांग्रेस नेता रुगंटाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन स्वागत योग्य रहेको बताए ।

उनले शंकास्पद कोरोनाका संक्रमितहरूको जाँचको दायरा फराकिलो बनाउनुपर्ने बताए ।

नारायणी अस्पताललाई हस्तान्तरण गरिएको स्क्रिनिंग बुथ आवश्यक्ता अनुसार सार्न मिल्ने गरि फोल्डिङ्ग स्टिम बुथ बनाइएको छ ।

कोरोनाको आशंका भएका बिरामीले स्वास्थकर्मीमाथी नै अव्यवहारिक गतिविधि गर्न थालेपछि चिकित्कसहरूको सुरक्षाको लागि स्क्रिनिङ्ग बुथ निर्माण गरिएको हो ।

स्वाब संकलन गर्दा चिकित्सक बुथभित्र र बिरामी बाहिर रहनेछन् । यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम न्यून हुन्छ ।

बुथमा एर्जेस्ट फ्यान, एलईडि बल्ब, माईक, स्पिकर, चिकित्सकका लागि पञ्जा लगायतका सामाग्रीहरूको व्यवस्था मिलाइएको छ ।

Published : Sunday, 2020 April 19, 6:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया