लकडाउनमा परेका विद्यार्थीलाई तानसेनमा नेविसंघद्वारा राहत प्रदान

पाल्पा । नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पाले आफ्नो ५०औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई खाद्यान्न बितरण गरेको छ ।

लकडाउनका कारण घर जान नपाएका विद्यार्थीलाई शनिबार खाद्यान्न सामग्री वितरण गरिएको हो । अध्ययनका लागि तानसेनमा कोठा भाडामा बसेका विद्यार्थीलाई खाद्यान्न समस्या भएको थियो ।

शनिबार तानसेनको शीत्तलपाटीमा २१ जना विद्यार्थीलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पसका इकाई कार्यवाहक सभापति सुवास गैरेले जानकारी दिए ।

विद्यार्थीलाई चामल, दाल, तेल, साबुन लगायतका सामग्री वितरण गरेको नेबिसंघ पाल्पाले जनाएको छ ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द गैरेले सरकारले लकडाउनका कारण समस्यामा परेकाको उद्धार नगरेको भन्दै आक्रोश पोखे ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य हरिबोल भट्टराईले नेविसंघ सधै विद्यार्थीको हकहितका लागि अग्रमोर्चामा रहने बताए ।

खाद्यान्न वितरण कार्यक्रमा जिल्ला कार्यवाहक सभापति सुरेश बोहोरा, सचिव दीपक पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2020 April 18, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया