भूमिसुधार मन्त्री अर्यालकाे याे हाे कम्युनिस्ट पारा, कांग्रेसले जितेको भन्दै चापकाेटलाई बेवास्ता

चापाकोट । कोरोना भाईरसको संक्रमण रोकथामका लागि लकडाउन भएका बेला भूमिसुधार तथा सहकारीमन्त्री पद्मा अर्यालले आफ्नै स्याङजा जिल्लाको चापाकोट नगरपालिकाको हालखबर समेत नलिएको भन्दै आलोचना भएको छ ।

राजनीतिक पूर्वाग्रही भएर मन्त्री अर्यालले चापाकोट नगरपालिकाका मेयर शिव गिरीसँग कोरोना भाइरसको रोकथाम र उपचारका विषयमा परामर्श नै नगरेको आरोप छ ।

चापाकोट नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका नेता समेत रहेका मेयर गिरीसँग मन्त्री अर्यालले राजनीतिक पूर्वाग्रही भएर बोल्नै छाडेको स्थानीयको आरोप छ ।

चापाकोटका नेकपाका वडाध्यक्षहरूसँग मन्त्री अर्यालले कुरा गर्छिन् । तर, मेयरसँग कोरोना रोकथामका बारेमा कुनै परामर्श गर्दैनिन् ।

स्याङजा जिल्लाबाट निर्वाचित भएर प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने मन्त्री अर्यालले नेकपाभन्दा अरुसँग कुनै सम्वाद नगर्ने गरेकी हुन् । संकटको बेला उनले सबैसँग परामर्श गरेर सहयोग गर्नुपर्ने थियो । तर, उनले चापाकोट नगरपालिकामा कुनै पनि सहयोग नगरेको स्थानीयको आरोप छ ।

मन्त्री अर्याल काठमाडौंमा नै गुमनाम बसेको आरोप छ । उनले स्याङ्जा जिल्लामा मन्त्री हुँदा समेत राम्रो काम गर्न नसकेको जनाइएको छ ।

संकटको समयमा मन्त्री अर्यालले आफ्नो गृहजिल्ला स्याङ्जाका समस्यालाई नेतृत्वदायी भूमिकामा काम गर्नुपर्नेमा राजनीतिक पूर्वाग्रही भएको भन्दै कांग्रेसले समेत असन्तुष्टि जनाएको छ ।

चापाकोट निवासी दीपेन्द्र रेग्मीले मन्त्री जस्तो पदमा बसेर आफ्नै चापाकोट नगरपालिकालाई राजनीतिक पूर्वाग्रही भएर सहयोग गर्न हिच्किचाएको भन्दै चिन्ता जनाए । ‘गाह्रो काहाँ छैन र ? सबैलाई छ नि सहयोग गर्ने दुःखको बेला हो’, उनले भने, ‘दुःखको बेला मान्छे चिन्ने हो । अहिले मन्त्री अर्याललाई राम्रोसंग चिन्न पाएका छौँ ।’

मन्त्री अर्यालय स्याङजा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । अर्यालले गल्याङमा १ पटक, कालीगण्डकी र हरिनास गाउँपालिकामा २–३ दिन बिरायर फोन गर्ने गरेकी छिन् ।

मन्त्री अर्यालले चापाकोट नगरपालिकाका मेयर शिव गिरीसंग लकडाउनपछि सम्वाद नै गरेकी छैनिन् ।

‘मन्त्रीज्यूको अहिलेसम्म एककल फोनआएको छैन’, मेयर गिरीले भने, ‘फोन नै नभएपछि कोरोना भाइरसको रोकथाम र स्थानीय जनताको समस्याका विषयमा जानकारी गराउन पाइएको छैन ।’

‘म आफ्नै तरिकाले काम गरेको छु’, गिरीले भने, ‘हाम्रो आफ्नै साधन स्रोतले जनतालाई राहत दिनेदेखि कोरोनाविरुद्धको अभियान गरेका छौँ ।’

मन्त्री अर्यालले पनि चापाकोट नगरपालिकाका मेयर गिरीसँग कुराकानी नभएको धेरै समय भएको उनको निजी सचिवालय स्रोतले जनाएको छ ।

संकटको बेला यो त्यो नभनेर कोरोना भाइरसका विरुद्ध लड्नुपर्ने बेला मन्त्री अर्यालले राजनीतिक पूर्वाग्रही भएर कांग्रेससँग सम्पर्कमा नै जान नचाहेपछि धेरैले रहस्यका साथ लिएका छन् ।

Published : Saturday, 2020 April 18, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया