चरित्रमाथि दाग लगाउने काम भयो, राहतमा तलमाथि भएको छैनः वडा सदस्य कार्की

काठमाडौं । बुढानिकलण्ठ नगरपालिकाको वडा नम्बर ९ का वडा सदस्य परशुराम कार्कीले राहतको चामलका विषयमा आफ्नो नाम जोडिएर समाचार प्रकाशित भएको विषयमा अपात्ति जनाएका छन् ।

वडा सदस्य कार्कीले समाचारको खण्डन गर्दै चरित्रमाथि दाग लगाउने गरेर आफूमाथि गम्भीर षड्यन्त्र भएको जनाएका छन् ।

उनले राहतको छ बोरा चामल लगेर रिपब्लिका दैनिकमा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

‘तपाईको अनलाइन पत्रिकाले ‘काठमाडौंमै कम्युनिस्ट जनप्रतिनिधिले कुम्ल्याए राहत, बचाउमा उत्रिए मेयर खरेल’ शीर्षकमा प्रकाशित समाचारले मेरो व्यक्तिगत तथा पार्टीगत चरित्र हत्या गरेको कारण नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार हनन् गरेको छ’, वडा सदस्य कार्कीले भनेका छन् ।

राहतका सामान वितरण गर्न वडा समिति सदस्य, राजनीति दलका जिम्मेवार प्रतिनिधि, बुद्घिजीवी, समाजसेवी र स्वंयम सेवकसहितको समूहले खाद्यान्न सहजता पूर्वक वितरण गरेको कार्कीले जनाएका छन् ।

‘वितरणपछि बाँकी रहेको ४४ बोरा चामल र अन्य सामान सबै समूहकै बीचमा गणना गरि गाडीमा लोड गर्ने काम गरियो’, उनले भनेका छन्, ‘बाँकी रहेको सबै सामान सुस्मिता खाद्य स्टोर भएको र उक्त स्टोरका संचालक मिलन कार्कीलाई लैजान अनुरोध गरेका थियौं ।’

‘मिलन कार्कीको स्टोरमा सामान राख्ने ठाउँ नभएकाले उक्त सामान थन्काउन वडा कार्यालयमा लान र सामान थन्काउन वडामा जानलाई म आफैंले सबैलाई अनुरोध गरेको हुँ’, उनले समाचारको खण्डन गर्दै भने, ‘अन्य साथीहरूले हामी आउँछौ भन्नुभयो तर आउनुभएन ।’

‘वडामा पुग्दा वडाका सबै कर्मचारीहरू त्यहीँ हुनुहुन्थ्यो’, उनले भने, ‘सामान अनलोड गर्ने विपन्न परिवारको देव कुमार भन्ने स्वयमसेवक पनि थिए उनैले सबै सामान राख्ने काम गरिदिए ।’

‘सबैको सहमतिमा ४४ बोरा चामलबाट १ बोरा चामल देव कुमारलाई दिइएको हो’, वडा सदस्य कार्कीले खण्डनमा भनेका छन्, ‘४३ बोरामध्येबाट बाँकी रहेको ५ बोरा चामल कसैलाई आपत पर्दा दिने गरि म आफूले सामान सप्लायर मिलन कार्कीलाई जानकारी गराई लगेको हुँ ।’

‘मैले लगेको सामान मेरो व्यक्तिगत प्रयोजनको लागि थिएन र उक्त ५ बोरा चामल घरमा राख्न उचित नहुने हुँदा सोहि दिन बेलुका सुस्मिता स्टोरलाई फिर्ता गरिएको हुँ’, खण्डनमा भनिएको छ, ‘स्टोरमा चामल फिर्ता गरिएको जानकारी प्राप्त हुँदा समेत मेरो व्यक्तिगत चरित्र हत्या गर्ने नियतले केही विपक्षी स्थानीय साथीहरूले सीसीटिभी फुटेज लगायतको प्रमाण भन्दै लोड अनलोडको भिडियोलाई आधार जस्तो बनाएर दोषी देखाउने प्रपञ्च रचियो ।’

‘वडा कार्यालयसँग व्यवसायीले गरेको सम्झौता अनुसार वितरण गरिएको राहातको भुक्तानी बुढानिलकण्ठ नगरपालिकाले तयार गरेको कार्यविधि अनुसार वडाले प्रमाणीत गरेको नामावली र कुपनको आधारमा गर्ने स्पष्ट छ’, कार्कीले भनेका छन् ।

‘कुपन बाहेकका सामान नगरपालिकाको कार्यालयले खरीद प्रक्रियामा भुक्तानी नहुने कुरा म लगायत सम्पूर्ण जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिलाई अवगत नै छ’, कार्कीले भनेका छन् ।

‘मैले मेरो जीवनको वर्तमान अवस्थासम्म मेरो समाजको लागि निस्वार्थ समाजसेवा गरिरहेको छु’, उनले भनेका छन्, ‘तिललाई पहाड बनाएर मेरो व्यक्तिगत चरित्र र सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउन लागिरहेकाहरूको भ्रममा नपर्न सम्पूर्ण वडावासी सबैलाई अनुरोध गर्दछु ।’

उनले भनेका छन्, ‘बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ को जनप्रतिनिधिको हैसियतले मेरो वडाको नयाँ कोलोनी क्षेत्रको (बिजि ड्राइभिङ्ग स्कूल) को राहत वितरणको संयोजन हामी वडा समिती सदस्यले नैं गर्नुपर्ने भएको हुनाले मैले छोरा निभेश कार्कीसँग अनुरोध गरी २६ गते बेलुकासम्ममा राहत सामग्री ल्याउन सप्लायर्स मिलन कार्की को नाउँमा छोराको नेपाल इन्भेष्मेन्ट बैंकको खाताबाट चेक नं. ३०१४११६८२१ बाट रु १,००,००० (अक्षेरुपी एक लाख रुपियाँ) को चेक प्रदान गरियो तर सामान जम्मा १२० बोरा चामल मात्र ल्याउन सकेको, सो चामल राती १० बजे  राम प्रसाद देवकोटाले बुझि राखेको र अन्य सामान ल्याउन नसकी भोलिपल्ट बिहान ७ बजे पुनः सोहि खाताको अर्को चेक नं. ३०१४११६८२२ बाट रु ५०,००० (अक्षेरुपी पचास हजार रुपियाँ) को चेक दिएपछि दिनको १२ बजे बाँकी चामल १०० बोरा, दाल २४ बोरा, नुन ६ बोरा, साबुन ३०० पिस र तेल ३०० लि. ल्याउने काम गरी सामान वितरण गर्न वडा समिती सदस्य, राजनिती दलका जिम्मेवार प्रतिनीधी, बुद्घिजिबी, समानसेवी र स्वंयम सेवक सहितको समुहले खाद्य सामान सहजता पुर्वक वितरण गरेको थियो ।’

उनले भने, ‘वितरणपछि बाँकी रहेको ४४ बोरा चामल र अन्य सामान सबै समुहकै बिचमा गणना गरि गाडीमा लोड गर्ने काम गरियो । बाँकि रहेको सबै सामान सुस्मिता खाद्य स्टोर भएको र उक्त स्टोरका संचालक श्री मिलन कार्कीलाई लैजान अनुरोध गरेका थियौं तर निजको स्टोरमा सामान राख्ने ठाउँ नभएकाले उक्त सामान थन्काउन वडा कार्यालयमा लान र सामान थन्काउन वडामा जानलाई म आफैंले सबैलाई अनुरोध गरेको हुँ । अन्य साथीहरुले हामी आउँछौ भन्नुभयो तर आउनुभएन । वडामा पुग्दा वडाका सबै कर्मचारीहरु त्यहीँ हुनुहुन्थ्यो । सामान अनलोड गर्ने विपन्न परिवारको श्री देव कुमार भन्ने स्वयमसेवक पनि थिए उनैले सबै सामान राख्ने काम गरिदिए ।’

Published : Saturday, 2020 April 18, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया