फ्रान्समा मास्क पठाउन डाटा चोरीको आरोपी हुवावेले राख्यो शर्त

लण्डन । अमेरिकी सांसद मार्क ग्रीनले चीनले फ्रान्सलाई १ अर्ब सुरक्षात्मक मास्क प्रदान गर्नका लागि फ्रान्सले चिनियाँ कम्पनी हुवावेको ५ जी सेवा लिनुपर्ने शर्त राखेको बताएका छन् ।

प्रतिष्ठित अमेरिकी टेलिभिजन च्यानल फौक्स न्यूजसँग कुराकानी गर्दै उनले भने कि फ्रान्सेली राष्ट्रपति इमानुएले म्याक्रोनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग एक अरब मास्क माग्दा सीले फ्रान्सले हुवावेको ५ जी सेवा लिए मात्र माक्स पठाउने शर्त राखे ।

हुवावे यसअघि संसारभर विवादमा पर्दै आएको छ । सो कम्पनीमाथि ह्याकिंग एवम् ठेक्का पार्न विभिन्न मुलुकका सरकारी अधिकारीहरू एवम् नेताहरूलाई अनुचित तरिकाले प्रभावमा लिनेको गरेको आरोप छ ।

भर्खरै मात्र बेलायतले पनि हुवावेसँगको ५ जी बिस्तारको सभ्झौता तोड्ने संकेत दिएको छ । हुवावे नेपालमा पनि विवादरहित छैन् ।

नेपाल टेलिकमसँग ४ जी सेवाको लागि उसले चर्को मूल्यमा सम्झौता गरेको आरोप लाग्ने गर्दछ भने सो कम्पनीलाई विज्ञहरूले नेपालको डाटा सुरक्षाको थे्रटको रुपमा लिने गर्दछन् ।

Published : Saturday, 2020 April 11, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया