बलत्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेबारे पाटनमा के भयो ?

काठमाडौं । बलत्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
उच्च अदालत पाटनमा लामिछानेको मुद्दाको आइतबारको सुनुवाई स्थगित भएको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा लामिछानेको मुद्दा परेको थियो ।
न्यायाधीश निरौलाले विपक्षी झिकाउने आदेश गरेकाले हेर्ने नमिल्ने भएको सूचना अधिकारी तीर्थराज निरौलाले बताएका छन् ।
लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको थियो । आफूले पहिल्यै सुनुवाइ गरी धारणा व्यक्त गरिसकेको मुद्दामा अर्को पटक न्यायाधीशहरूले सुनुवाइ गर्दैनन् ।
लामिछानेविरूद्ध अधिकतम सजाय माग गरी उच्च सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको थियो । लामिछानेले पनि आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै पुनरावेदन दिएका छन् । दुबैको मागलाई उच्च अदालतले एक ठाउँमा राखेर हेरेको छ ।
पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । न्यायाधीश ढकालको पुस २५ गतेको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपियाँ जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो ।
त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । लामिछानेले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए । विभिन्न कारणले लामिछानेको मुद्दा पटक पटक सर्दै आएको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया