सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब होइन, स्थानीय पूर्वाधारको १९ अर्ब प्रयोग गरौँः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च हुने १९ दशमलव ८ अर्ब बजेट कोरोना नियन्त्रणमा प्रयोग गर्न सुझाव दिएका छन् ।

शुक्रबार नेता खतिवडाले ट्वीट गर्दै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममाको रकम कोरोना भाइरसको नियन्त्रणमा प्रयोग गर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘यो समयमा एकता कायम गरेर निर्णय गरौं’, उनले भने, ‘भारत लगायत अन्य देशको पनि उदाहरण हेरौं ।’

‘माननीय ज्यूहरू यो काममा खुशी साथ लाग्नु हुनेछ’, खतिवडाले भनेका छन्, ‘अहिले महामारीबाट बचौँ । केही माननीय सदस्यहरूले आफ्नो सुबिधा घटाउन अनुरोध गरेका छन् । केही अन्तर्बार्ता दिँदै १ महिनाको तलब दिए भन्छन् ।’

‘तर सरकारले जनप्रतिनिधिको होइन सुरक्षाकर्मी र स्वस्थ्यकर्मीको तलबमा कटौती गर्ने रे !’

‘जो ज्यानको बाजी राखेर रातदिन काम गर्छ उनीहरूको मनोबल नगिराउ । लाज छोप्ने काम गर सरकार ।’

Published : Friday, 2020 April 10, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया